बाढीले अटो बगाउँदा बेपत्ता भएका हजुरआमा नातिनीको शव भेटियो

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बाढीले अटो बगाउँदा बेपत्ता भएका हजुरआमा नातिनीको शव भेटियो
बाढीले अटो बगाउँदा बेपत्ता भएका हजुरआमा नातिनीको शव भेटियो

दाङ, साउन १९-
अटो बगाउँदा बेपत्ता भएका दुई यात्रुको शव भेटिएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएका दुई यात्रुको शव भेटिएको हो।

खोलामा अटो खसेको स्थानबाट झन्डै २० किलोमिटर तल तुलसीपुर-१५ मलवारको हरिपौरी गनारीस्थित ग्वार खोलामा बाढीमा बेपत्ता भएकी खाद्रे गाउँकी ४४ वर्षीया सीता आलेको शव भेटिएको थियो । यस्तै सीताको शव भेटिएको केही तल अर्को शव पनि भेटिएको र त्यो १७ वर्षीया मञ्जुको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन् । प्रहरी निरीक्षक थापाका अनुसार सीताका शव आफन्तले सनाखत गरिसकेका छन् । सीता मञ्जुकी मावला हजुरआमा हुन्।

बाढीले अटो बगाउँदा सीता र सुर्खेत जिल्लाको बुमे घर भई अध्ययनका लागि खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता थिए। सुर्खेतबाट तुलसीपुर आएकी मञ्जुले काकी हस्तमाया रोकाको घरमा बसेर तुलसीपुरको गोरख माविमा कक्षा ११ मा अध्ययन गदै आएकी थिइन् ।

तर, शनिबार विद्यालय बिदा हुनेभएकाले मञ्जु शुक्रबार बेलुका हजुरआमा (सीता) संगै रा १ ह ४०५५ नम्बरको अटोरिक्सामा मामाघर जाँदै थिइन्। अटोमा उनीहरूसहित सवार रहेका चालक खाद्रे गाउँका ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए। (सेतोपाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *