कैलाश युथ क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कैलाश युथ क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
कैलाश युथ क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

चितवन, साउन १२

भरतपुर महानगरपालिका वडा नं ११ मा रहेको कैलाश युथ क्लबले वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

क्लवले ‘एक युवा, एक बिरुवा ’ भन्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न  गरेको हो ।

कार्यक्रम भरतपुर-११ स्थित कैलाश युथ क्लवको खेल मैदान परिसरमा भएको हो । उक्त परिसरमा  १५० बटा बिरुवा रोपिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नवजागृती सामुदायिक वनका अध्यक्ष नारायण बहादुर के.सी रहेका थिए भने विशिष्ट अतिथिमा भरतपुर ११ का जनप्रतिनिधि लालमाया लामा र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइवी) रहेका थिए ।

कार्यक्रमा टोलका अध्यक्ष,  समाजसेवी व्यक्तीहरु, क्लवका सदस्य र आमासमुहका अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता सविन अधिकारीले गरेका थिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *