यात्रा ग्रुपलाई जर्सी हस्तान्तरण, खेलाडीलाई पुष्पन्जली अस्पतालमा छुट

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • यात्रा ग्रुपलाई जर्सी हस्तान्तरण, खेलाडीलाई पुष्पन्जली अस्पतालमा छुट
यात्रा ग्रुपलाई जर्सी हस्तान्तरण, खेलाडीलाई पुष्पन्जली अस्पतालमा छुट

भरतपुर, १८ असार :

चितवन जिल्ला ए डिभिजन लिग खेल्ने तयारीमा रहेको यात्रा ग्रुपलाई जर्सी हस्तान्तरण गरिएको छ ।

आज पुष्पन्जली अस्पताल एक कार्यक्रमकाबीच जर्सी हन्तान्तरण गरिएको हो । क्लबलाई जिल्ला लिगका लागि गोल्डेन इमिनेन्ट इन्टरनेशनलले जर्सी तथा लक्ष्मण थापा र फेबर कम्पनीले किट सहयोग गरेको छ ।

उक्त सामग्री क्लबका संरक्षक फिजिसियन डा भोजराज अधिकारीले खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा डा अधिकारीले खेलाडीहरुलाई लिगको लागि शुभकामना व्यक्त गरे ।

क्लबका अध्यक्ष कृष्ण कार्कीले जितका साथ लिगको सुरुवात गर्ने लक्ष्य लिएर मैदान उत्रिने बताए । उनले जर्सी र किट सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

यसैबीच पुष्पन्जली अस्पतालले खेलाडीहरुलाई उपचारमा छुट दिने भएको छ । अस्पतालले यात्रा ग्रुपका खेलाडी तथा खेलाडीका परिवारलाई ओपिडीमा २५ प्रतिशत तथा ल्याबमा छुट दिने भएको छ । डा अधिकारीले केही दिनका कार्ड उपलब्ध गराउने गरी छुट घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *