वर्षाका कारण माडी-ठोरी सडक अबरुद्ध

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • वर्षाका कारण माडी-ठोरी सडक अबरुद्ध
वर्षाका कारण माडी-ठोरी सडक अबरुद्ध

चितवन, १४ असार
वर्षाका कारण खोलामा पानीको बहाब बढ्दा माडी–ठोरी सडक अबरुद्ध भएको छ ।

चितवनको माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला र वडा नम्वर ३ र २ को सिमाना भएर बग्ने मगुई खोलामा पानीको बहाब बढ्दा सडक अबरुद्ध भएको हो ।

खोलामा आएको बाढीले माडी ठोरी चल्ने साना ठुला सवारीसाधन बाटोमानै रोकिएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले जानकारी दिनुभयो ।

खोलामा पानीको बहाब कम भएपछि मात्र सवारीसाधन सञ्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *