सभामुखलाई बोल्न पनि अवरोध : कांग्रेसले घेर्‍यो रोष्टम

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सभामुखलाई बोल्न पनि अवरोध : कांग्रेसले घेर्‍यो रोष्टम
सभामुखलाई बोल्न पनि अवरोध : कांग्रेसले घेर्‍यो रोष्टम

काठमाडौँ, २८ वैशाख
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै रोष्टम घेराउ गरेको छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गर्न लाग्दा कांग्रेसले नाराबाजी गर्दै रोष्टम घेराउ गरेको हो ।

सभामुख घिमिरेले बजेट अधिवेशन प्रारम्भ भएको राष्ट्रपति रामचन्द्र पौडेलको पत्र वाचन गर्नासाथ कांग्रेसका सांसदहरू उभिएर सदन अवरोध गरेका हुन् ।

कांग्रेस गृहमन्त्री रवि लामिछानेको सहकारी रकम अवचलनबारे छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *