पोखराको बिजुली पसलमा आगलागी १ करोड हाराहारीको क्षति

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • पोखराको बिजुली पसलमा आगलागी १ करोड हाराहारीको क्षति
पोखराको बिजुली पसलमा आगलागी १ करोड  हाराहारीको क्षति

पोखरा बैशाख २०
पोखराको चाउथेस्थित एक बिजुली पसलको गोदाममा आगलागी भएको छ । बुधबार राति आगलागी हुँदा १ करोड हाराहारीको क्षति भएको छ ।

साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, सशस्त्र प्रहरीसँगै स्थानीय र दमकलले आगो नियन्त्रणमा लिएका छन् । आधा घण्टामा आगो नियन्त्रणमा आए पनि क्षति भने बढी भएको सञ्चालक ध्रुव मरासिनीको दाबी छ ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको कास्की प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *