इलाममा मिलन लिम्बुले साग पसल खोल्ने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • इलाममा मिलन लिम्बुले साग पसल खोल्ने
इलाममा मिलन लिम्बुले साग पसल खोल्ने

इलाम, १९ वैशाख
राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सदस्य चुनाव लडेका मिलन लिम्बुले इलाममा साग पसल खोल्ने भएका छन् ।

आज बुधबार सामाजिक संजालमा साग बेचेरै जनताको सेवा गर्ने लिम्बुले बताएका छन् ।

उनले भनेका छन्, “निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ?
मेरो जवाफ हुन्थ्यो- सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु ।”

वैशाख १५ गते भएको उपनिर्वाचनमा रास्वपाका लिम्बूले ५ हजार ५० मत मात्रै प्राप्त गरे। नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *