सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु
सङ्खुवासभामा छोराको कुटपिटबाट बुबाको मृत्यु

सङ्खुवासभा, २७ चैत
सङ्खुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाउँमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

२८ वर्षीय छोरा सुमन राईको कुटपिटबाट ५० वर्षीय बुवा युवराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । गएराति घरायसी वादविवादमा छोरा सुमनले बुवालाइ कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते ५० वर्षीय युवराजको उपचारका क्रममा आज बिहान जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *