नेपालले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्दै, कुशल भुर्तेल खेल्ने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्दै, कुशल भुर्तेल खेल्ने
नेपालले नेदरल्याण्ड्सविरुद्ध फिल्डिङ गर्दै, कुशल भुर्तेल खेल्ने

काठमाडौँ, १९ फागुन
कीर्तिपुर क्रिकेट मैदानमा जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।

सिरिजमा नेपालले यसअघि नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक, हिजै सम्पन्न खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ । सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ ।

आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । खेल साढे ११ देखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *