दैलेखमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दैलेखमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु
दैलेखमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु

कालीकोट, २४ माघ
दैलेखमा करेन्ट लागेर २९ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका-४, लयाँटीका प्रकाश बुढा रहेका छन् ।

दैलेख र कालीकोटको सिमाना दहीखोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनि एभरेस्ट नेटवर्क प्रालिको कर्मचारीसमेत हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी अजुर्न केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *