कटन क्यान्डी प्रयोग तथा बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिबाना

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कटन क्यान्डी प्रयोग तथा बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिबाना
कटन क्यान्डी प्रयोग तथा बिक्री गरे पाँच हजारदेखि दुई लाखसम्म जरिबाना

काठमाडौं माघ १३
काठमाडौं महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै महानगरले महानगरपालिका क्षेत्रभित्र कटन क्यान्डी बिक्रीमा रोक लगाएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयल नमूना परीक्षण गराउँदा प्रयोगशालाको विश्लेषण प्रतिवेदनमा अखाद्य रङ पाइएको भन्दै महानगरले क्यान्डीको बिक्रीमा रोक लगाएको हो ।

“अखाद्य वस्तुले आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकोले महानगरपालिका क्षेत्रभित्र यस्ता अखाद्य रङयुक्त वस्तु प्रयोग तथा बिक्रीवितरण नगर्न/नगराउन अनुरोध गर्दछौं,” महानगरको सूचनामा उल्लेख छ, “यदि काठमाडौं महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्रीवितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत जानकारी गराइन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *