मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार
मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार

काठमाडाैं माघ ८

मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना भएको पत्ता लागेको छ । विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको बीबीसीले जनाएको छ ।

दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको समाचारमा जनाइएको छ ।

मोरक्कन-रेजिष्टर्ड डसल्ट फाल्कन विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो । जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४:०२ बजे विमान उडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *