हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ
हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, पुस २९
हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए।

काठमाडौं महानगरपालिका-२२ महाबौद्ध क्षेत्रबाट प्रहरीले काभ्रे घर भई कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन घर भई सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरेको हो।

राष्ट्र बैंकको निर्देशन विपरीत वित्तीय कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले गत बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले भिमसेनबाट आठ लाख रुपैयाँ बरामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *