रुसी सेनामा रहेका अर्का एक नेपालीको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • रुसी सेनामा रहेका अर्का एक नेपालीको मृत्यु
रुसी सेनामा रहेका अर्का एक नेपालीको मृत्यु

काठमाडाैं, पुस १७
रुसी सेनामा भर्ती भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ घर भएका हरि अर्यालको मृत्यु भएको उक्त वडाका वडाध्यक्ष राजु कुँवरले पुष्टि गरे ।

मृत्युको खबर परराष्ट्र मन्त्रालयमार्फत मंगलवार प्राप्त भएको वडाध्यक्ष कुँवरले जनाएका छन् ।

नेपाली सेनाको जागिर छाडेका अर्याल करिब २ महिनाअघि दुबई हुँदै रुस पुगेका थिए ।

पछिल्लो समय दलालमार्फत रुस पुगेर त्यहाँको सेनामा भर्ती हुने क्रम बढेको छ ।

हालसम्म ८ जनाको मृत्यु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *