नेपालगन्जबाट कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नेपालगन्जबाट कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद
नेपालगन्जबाट कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

बाँके, ६ पुस
बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका १५ जमुनास्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेले उल्लेखित बस्तु बरामद गरेको हो । बरामद बस्तु खैरो, कालो र रातो रङको छ भने ५ वटाको तौल ८१ ग्राम रहेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले सशस्त्र प्रहरीलाई देख्नासाथ आफूले बोकेको झोला फालेर भागेका थिए । उनले फालेको झोला जाँच गर्ने क्रममा कस्तुरीको बिना जस्तो देखिने बस्तु फेला परेको हो ।

बरामद कस्तुरीको बिना जस्तो देखिने बस्तु आवश्यक अनुसन्धान कारवाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *