काठमाडौँ, ८ मङ्सिर
तीनकुनेमा प्रदर्शन गर्न गएका दुर्गा प्रसाईका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।स्थानीय प्रशासनले अनुमति नदिएपछि तीनकुनेमै प्रदर्शन गर्ने अडान राखेका प्रसाईका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन ।
तीनकुनेमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अभियानका संयोजक प्रसाईको घरमा प्रहरीले सुरक्षा तैनाथी बढाएको छ ।