राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्दै मेरिना इम्पेक्स

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्दै मेरिना इम्पेक्स
राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्दै मेरिना इम्पेक्स

काठमाडौँ । राजधानीको बागबजारस्थित मेरिना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई सहयोगस्वरुप ४० जोर सुट दिने भएको छ। मेरिना इम्पेक्स र नेपाल क्रिकेट संघबीच आज (बिहीवार) उक्त सम्झौता भएको हो।

टी-२० वर्ल्ड कपमा नेपाली क्रिकेट टिमको सहभागिताको प्रबल सम्भावना रहेका वेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरिना इम्पेक्सले जनाएको छ। नेपाल टी-२० विश्वकपमा नेपालको सहभागिता सुनिश्चित भएमा प्रतियोगिताका लागि नेपाली टोलीका लागि मेरिना इम्पेक्सले सुट उपलब्ध गराएर सहयोग गर्ने भएको हो।

सम्झौतामा मेरिना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यान (नेपाल क्रिकेट संघ)का तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तरराष्ट्रिय स्तरमा चिनाएकाले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै सहयोग गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए। ४१ वर्षदेखि स्तरीय सर्टिङ, सुर्टिङ तथा टेलरिङ सेवा दिँदै आएको मेरिना इम्पेक्स भरपर्दो सेवाका लागि परिचित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *