विश्वकप क्रिकेट: भारतले श्रीलंकालाई दियो ३५८ रनको विशाल लक्ष्य

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • विश्वकप क्रिकेट: भारतले श्रीलंकालाई दियो ३५८ रनको विशाल लक्ष्य
विश्वकप क्रिकेट: भारतले श्रीलंकालाई दियो ३५८ रनको विशाल लक्ष्य

काठमाडौं– भारतमा जारी आईसीसी वान डे विश्वकप क्रिकेट प्रतियोगितामा बिहीबार भएको खेलमा आयोजक राष्ट्र भारतले श्रीलंकालाई ३५८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ३५७ रनको विशाल स्कोर खडा गरेको हो।

भारतका लागि सुभमन गिलले सर्वाधिक ९२ रन बनाए भने विराट कोहलीले ८८ रनको योगदान दिए। यस्तै श्रेयस यय्यरले पनि ८२ रनको उत्कृष्ट पारी खेले।
रवीन्द्र जडेजाले ३५ रन जोड्दा केएल राहुलले २१, सुर्याकुमार यादव १२, कप्तान रोहित शर्मा चार रनमा आउट भए। यस्तै मोहम्मद सिराज २ रनमा आउट हुँदा जसप्रित बुमराह १ रनमा नटआउट रहे।

श्रीलंकाका लागि दिलशन मधुशांकाले सर्वाधिक ५ विकेट लिए भने दुशमन्था छमीराले एक विकेट लिए। पहिलो ओभरको दोस्रो बलमै भारतीय कप्तान रोहित शर्मालाई आउट गरेको श्रीलंकाले त्यसपछि भने लामोसमय विकेट निकाल्न सकेन। शुभमन गिल र विराट कोहलीको उत्कृष्ट पारीमा भारतले विशाल स्कोर खडा गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *