बाबु मार्ने छोरो पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बाबु मार्ने छोरो पक्राउ
बाबु मार्ने छोरो पक्राउ

सुदूरपश्चिम, १२ कात्तिक :

बुवाको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका–३ का २४ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार आफ्नै घरमा घरायसी विवादका क्रममा ढुङ्गा प्रहार गर्दा गणेशका बुवा ४५ वर्षीय हिरासिंह चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज अवस्थीले बताउनुभयो ।

यसैगरी धानको भुस केलाउने क्रममा करेन्ट लागेर घाइते भएकी भजनी नगरपालिका—२ पल्टिपुर गाउँका १३ वर्षीया सुष्मा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएकी मृतककी आमा ४१ वर्षीया प्रेमी डगौराको भजनी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पङ्खाको सहायताले धानको भुस केलाउने क्रममा पङ्खाको तारबाट विद्युत् प्रवाह हुन गई दुवै जनालाई करेन्ट लागेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *