राष्ट्रियसभा बैठक कात्तिक १४ मा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • राष्ट्रियसभा बैठक कात्तिक १४ मा
राष्ट्रियसभा बैठक कात्तिक १४ मा

काठमाडौं । राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *