जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ
जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ

जनकपुर, ८ कात्तिक
जनकपुरबाट पेस्तोलसहित एक भारतीय किशोरी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् ।

सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा मंगलबार साँझ ८ बजे जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नेपाली ६५ रुपैयाँ, भारतीय फाइभ–जी सिम एक थान र चाँदीको जस्तो देखिने मालाको लकेट एक थानसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *