बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ, ७ असोज
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १०० रुपैयाँ बढेको छ ।

छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार उक्त सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *