सहकारीकाे मान्छे भन्दै लाखाैं ठगी गर्ने एक युवक प्रहरीकाे फन्दामा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सहकारीकाे मान्छे भन्दै लाखाैं ठगी गर्ने एक युवक प्रहरीकाे फन्दामा
सहकारीकाे मान्छे भन्दै लाखाैं ठगी गर्ने एक युवक प्रहरीकाे फन्दामा

लमजुङ ११ भदौ
आफूलाई सहकारीको मान्छे भन्दै सर्वसाधारणलाई ठगेको आरोपमा एकजना पक्राउ परेका छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नं.२ चिसापानी बस्ने पञ्चबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले चेक बाउन्सको आरोपमा पक्राउ गरेको हो । तर, उनी आफू सहकारीको कर्मचारी हूँ भन्दै सहकारीमार्फत् ऋण मिलाइ दिन्छु भन्दै रकम ठगी कार्यसमेतमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

परियारले पोखरा लगायत विभिन्न स्थानमा सर्वसाधारणलाई आफू बेसीशहरमा रहेको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी भन्दै ठग्ने गरेको खुलेको छ । सोझा सिधालाई सहकारीबाट ऋण मिलाइदिने भन्दै ठग्दै आएका उनले पैसा लिएर सम्पर्कमा नआएपछि पीडितहरूले सहकारी संस्थामा जानकारी गराएपछि यो कुरा खुलेको हो ।

उनले पोखराका अर्जुन पुन र सावित्रा पौडेल अधिकारीलाई ठगी गरेको सूचना आएको कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम दिक्षितले जानकारी दिए ।

दिक्षितका अनुसार परियारले पुनसँग २२ हजार र अधिकारीसँग ४ लाख रुपैयाँ ठगी गरेका छन् । परियारले विभिन्न व्यक्तिलाई ऋण मिलाइ दिन्छु भन्दै सनराइज बैंकमार्फत् पैसा माग्ने गरेको र पीडितहरूले ऋण नपाएपछि सहकारीमा जानकारी गराएपछि यसबारेमा थाहा पाएको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । परियारले अरू धेरै जनाबाट लाखौं ठगी गरेको हुन सक्ने बताए ।

पक्राउ परेका परियार हाल लमजुङ प्रहरीको हिरासतमा छन् । उनीविरूद्ध थप १५ जनाले आफूहरूलाई ठगि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *