आज भारतको ७७औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • आज भारतको ७७औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने
आज भारतको ७७औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने

काठमाडाैं साउन ३०,

एजेन्सी

अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् ।

सन् २०२४ मा हुने लोकसभा चुनावको पूर्व सन्ध्यामा हुने प्रधानमन्त्री मोदीको सम्बोधनलाई चासोका साथ हेरिएको छ । आजको सम्बोधनमा मोदीले आफ्नो नेतृत्वमा हालसम्म भएका उपलब्धिको जानकारी र आगामी योजनाको घोषणा गर्नसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *