सियो पनि बन्दैन नेपालमा, यी पाँच देशबाट हुन्छ आयात

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सियो पनि बन्दैन नेपालमा, यी पाँच देशबाट हुन्छ आयात
सियो पनि बन्दैन नेपालमा, यी पाँच देशबाट हुन्छ आयात

काठमाडौँ, १० साउन
नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई करोड ७१ लाख ९७ हजार रुपैयाँको कपडा सिलाउने सियो विभिन्न देशबाट आयात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सियो आयात गरेको हो ।

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकममा ६ करोड ६४ लाख ४८ हजार ६१२ थान सियो आयात गरेको विभागले जनाएको छ ।

चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, ताइवान र अमेरिकाबाट नेपालले कपडा सिलाउने सियो आयात गर्ने गरेको छ ।

गत आर्थिक वर्षमा चीनबाट मात्र नेपालले दुई करोड ५२ लाख ४४ हजार रुपैयाँको सियो आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले दुई करोड १५ लाख ९३ हजार रुपैयाँको सियो आयात गरेको थियो । उक्त रकममा तीन करोड ७३ हजार २३२ थान सियो नेपाल भित्रिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *