नयाँ नागरिकतासँगै राहदानी बनाउने क्रम बढ्यो, सहजताका लागि प्रशासनमा अतिरिक्त समय

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • नयाँ नागरिकतासँगै राहदानी बनाउने क्रम बढ्यो, सहजताका लागि प्रशासनमा अतिरिक्त समय
नयाँ नागरिकतासँगै राहदानी बनाउने क्रम बढ्यो, सहजताका लागि प्रशासनमा अतिरिक्त समय

कञ्चनपुर साउन ८,

कञ्चनपुरमा पछिल्लो समय राहदानी बनाउनेको संख्यामा वृद्धि हुँदै गएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ ।

जिल्लाबाट गत वर्ष १० हजार १९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए ।

‘२ हजार ९१४ महिला र ७ हजार २८० पुरुषले राहदानी लिएका छन्,’ उनले भने, ‘पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ ।’

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने संख्या वृद्धि भएसँगै राहदानी बढाउनेको संख्या वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ हजार ३३६ महिला तथा पुरुषले नागरिकता लिएका छन् ।

अपरेटर बोहराले यहाँ वंशजका आधारमा १२ हजार ३१५ जना र वैवाहिक अंगिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए । प्रशासनबाट ९ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ । उनले नयाँ नागरिकतासँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानी समेत सँगै बनाउने क्रम बढेको बताए ।

गत वर्ष १७ हजार ३२४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् भने अघिल्लो आवका ४ हजार २८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *