मुख्यमन्त्री कार्की भन्छन : कोसी नामकरणमा प्रधानमन्त्रीले नै आगोमा घिउ र पेट्रोल छर्किनुभयो 

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मुख्यमन्त्री कार्की भन्छन : कोसी नामकरणमा प्रधानमन्त्रीले नै आगोमा घिउ र पेट्रोल छर्किनुभयो 
मुख्यमन्त्री कार्की भन्छन : कोसी नामकरणमा प्रधानमन्त्रीले नै आगोमा घिउ र पेट्रोल छर्किनुभयो 

विराटनगर असार १४
कोसीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश नामकरणबारे प्रधानमन्त्री र संघीय मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज प्रदेश सभाको बैठकमा विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्दै कार्कीले संविधानअनुसार नामकरण गरिएको विषयमा प्रधानमन्त्री र मन्त्रीले गलत भयो भनेर अभिव्यक्ति दिएर प्रदेशको अधिकारमा बलमिच्याइँ गरेको आरोप लगाए ।

“नामकरण संविधानअनुसार सहमतिमा भएको हो । तर प्रधानमन्त्रीले आगोमा घिउ र पेट्रोल छर्कने काम भयो,” मुख्यमन्त्री कार्कीले भने ।

कार्कीले प्रदेशको अधिकार प्रयोग गरिएको विषयमा भएको टिप्पणी गलत र अधिकार मिच्ने ढंगको भएको बताए ।

उनले भने, “नामकरणसँग असन्तुष्ट पक्षसँग सरकारले वार्ता गरिरहेको छ ।‌ त्यो क्रम अझै जारी छ । तर, नाम राख्न मत दिने र सहमति गर्ने दलको दोहोरो चरित्र देखा परेको छ ।”

आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *