प्रकाशमान भन्छन्– नक्कली शरणार्थी प्रकरणका सबैलाई कारबाही हुनुपर्छ

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • प्रकाशमान भन्छन्– नक्कली शरणार्थी प्रकरणका सबैलाई कारबाही हुनुपर्छ
प्रकाशमान भन्छन्– नक्कली शरणार्थी प्रकरणका सबैलाई कारबाही हुनुपर्छ

काठमाडौं  जेठ १०,
नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही हुनुपर्ने बताएका छन् । उनले कारबाही प्रक्रिया विधिको शासन अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा नीति कार्यक्रममाथिको छलफलमा उनले नीति तथा कार्यक्रममा पनि भ्रष्टचारसम्बन्धी शून्य सहनशीलता लेखिएको भन्दै त्यसको कार्यान्वयनमा जोड दिए ।

भ्रष्टाचार केसमा पनि विधिको शासन अनुसार हुनुप‍र्‍यो । कसैलाई काखा कसैलाई पाखा हुनुहुँदैन,” उनले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यसरी नै विधिको शासन कार्यान्वन हुनुपर्छ । नीति तथा कार्यक्रमा भ्रष्टचारमा शून्य सहनशीलता उल्लेख छ ।”

उनले संघीयता बलियो बनाउँदै यसका लागि आवश्यक कानुन निर्माणमा जोड दिए । साथै, उनले राजनीतिक स्थायित्वका लागि नीति कार्यक्रमको कार्यान्वयनमा जोड दिए ।

“हाम्रो मूल्यांकन चुनेर पठाएको जनताले गर्ने भएकाले नीति कार्यक्रमका सबै बुँदाहरू आवश्यक छ । जनताको विश्वास जित्न आउँदो बजेटलाई सीमित साधन स्रोतलाई न्यायोचित तवरले जनतआवश्यक्रा अनुसार विनियोजित हुनुपर्छ ।”

उनले थपे, “संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरू पारित गर्न ढिला गर्नुहुँदैन । निजामती ऐन, शिक्षा ऐनजस्ता कुराहरू यहाँ बनाउछु भनेको छ । त्यो कार्यान्वयन हुनुपर्छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *