सरकारले ईपीएसलाई सोध्यो– कोरिया जान ७०,००० भाडा लाग्नेमा किन एक लाख ८५ हजार लिएको ?

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सरकारले ईपीएसलाई सोध्यो– कोरिया जान ७०,००० भाडा लाग्नेमा किन एक लाख ८५ हजार लिएको ?
सरकारले ईपीएसलाई सोध्यो– कोरिया जान ७०,००० भाडा लाग्नेमा किन एक लाख ८५ हजार लिएको ?

काठमाडौं बैशाख ०८
नेपालबाट दक्षिण कोरिया जाने हवाई भाडा महँगो भएकोबारे श्रम मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा श्रम मन्त्रालयमार्फत तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरियन एयरलाइन्सले अहिले यात्रुबाट एक लाख ८५ हजार रुपैयाँ लिइरहेको छ । जबकि ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *