प्रचण्डविरुद्धको मुद्दा ‘जनयुद्ध’माथिको आक्रमण हो : विप्लव

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • प्रचण्डविरुद्धको मुद्दा ‘जनयुद्ध’माथिको आक्रमण हो : विप्लव
प्रचण्डविरुद्धको मुद्दा ‘जनयुद्ध’माथिको आक्रमण हो : विप्लव

काठमाडौँ । मुलुकको आमूल परिवर्तन गर्ने क्रान्तिका रुपमा स्थापित ‘जनयुद्ध’ र त्यसमा सङ्लग्न नेता तथा कार्यकर्तालाई आपराधिकरण गर्न खोजिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।

शुक्रबार आयोजित संयुक्त मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले जनयुद्धका नेतृत्वकर्ताको हैसियतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि मुद्दा लगाउनु खोज्नु जनयुद्ध कै अपमान भएको बताए ।

जनयुद्धलाई अपराधीकरण गर्ने र उपलब्धीलाई खारेज गर्ने लक्ष्यका साथ प्रधानमन्त्रीलाई मुद्दा लगाउने प्रयास गरिएको महासचिव चन्दको भनाइ छ । क्रान्तिको नेतृत्व गरेको नेतालाई व्यक्तिगतरुपमा मुद्दा लगाएर क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्ति मौलाएको भन्दै महासचिव चन्दले त्यस्ता मुद्दालाई अस्वीकार गर्ने बताए ।

“यो परिवर्तनमाथिको आक्रमण हो । प्राप्त भएका सीमित उपलब्धि माथिको आक्रमण हो”, महासचिव चन्दले अगाडि भने, “जुन क्रान्तिका कारण परिवर्तन भयो त्यसलाई अस्वीकार गर्ने, आक्रमण गर्ने र अपराधीकरण गर्ने प्रयास गरिएको छ । यो प्रचण्डको व्यक्तिगत मामिला हुँदै होइन ।”

जनताको अधिकारलाई खोस्ने र समाप्त पार्ने ध्येयका साथ जनविरोधी शक्ति प्रतिक्रान्तिमा उत्रिएकाले आफूहरुले प्रतिवाद गर्नुपरेको महासचिव चन्दको भनाइ छ । महासचिव चन्दले क्रमशः माओवादी विचार बोक्ने शक्ति क्रमशः एकै ठाउँमा आउने र

Leave a Reply

Your email address will not be published. Required fields are marked *