आईसीसी क्रिकेट विश्वकप लिग–२ कुशल भुर्तेल घाइते, सन्दीप जोराले टिममा स्थान बनाउने

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • आईसीसी क्रिकेट विश्वकप लिग–२ कुशल भुर्तेल घाइते, सन्दीप जोराले टिममा स्थान बनाउने
आईसीसी क्रिकेट विश्वकप लिग–२ कुशल भुर्तेल घाइते, सन्दीप जोराले टिममा स्थान बनाउने

काठमाडौं फागुन २१,
आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय शृंखला खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल घाइते भएका छन् । उनले अब यूएईविरुद्धको अन्तिम खेल गुमाउने भएको छन् ।

कुशलको ‘ग्रोइन इन्जुरी’ भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले कुशलको स्थान सन्दीप जोराले लिने जनाएको छ ।

यूएई भ्रमणमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई पहिलो खेलमा चार र दोस्रो खेलमा तीन विकेटले पराजित गरेको थियो । नेपाल आयोजक यूएईसँग ६८ रनले पराजित भएको थियो ।

कुशलले पीएनजीविरुद्धको पहिलो खेलमा ५६ रन बनाएका थिए भने दोस्रो खेलमा रनको खाता खोल्न सकेका थिएनन् । यूएईविरुद्धको खेलमा कुशलले पाँच रन बनाएका थिए ।

जारी शृंखलाको अन्तिम खेलमा नेपालले सोमबार यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यूएईले आज पीएनजीसँग प्रतिस्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *