चितवनमा हात्तीको आक्रमणबाट तीन जना घाइते

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवनमा हात्तीको आक्रमणबाट तीन जना घाइते
चितवनमा हात्तीको आक्रमणबाट तीन जना घाइते

चितवन, माघ १५-
चितवनको खैरहनी नगरपालिकास्थित हर्नरीमा जंगली हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

आइतबार बिहान करिब ७ बजे चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा काम गर्न जाने क्रममा तीन जना महिलालाई हात्तीले आक्रमण गरेको हो ।

स्थानीय संचारकर्मी संजय दुवाडीका अनुसार हात्तीको आक्रमणबाट तारा आले, निसा चौधरी र राधा चौधरी घाइते भएका छन् ।

उपचारको लागि घाइते तीनैजनालाई भरतपुर अस्पताल ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *