चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार
चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार

चितवन, माघ १४-
चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ ।

लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलाउँदे आयरहेका चितवनका पत्रकार रमेश कुमार पौडेललाई नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ ।

उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्न लागिएको हो ।

संरक्षणकर्मीहरुलाई जनही नगद रु २५,०००र– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।

पत्रकार पौडेलसंगै यसवर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा। सतीश अ। पांडे रहेका छन् ।

पत्रकार पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *