माओवादीका ४ र एमालेका ३ मन्त्रीसहित कर्णाली सरकारले पायो पूर्णता

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • माओवादीका ४ र एमालेका ३ मन्त्रीसहित कर्णाली सरकारले पायो पूर्णता
माओवादीका ४ र एमालेका ३ मन्त्रीसहित कर्णाली सरकारले पायो पूर्णता

सुर्खेत, माघ ११-
कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

७ सदस्यीय मन्त्रिपरिषदमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ र एमालेबाट ३ जना मन्त्री भएका छन् ।

माओवादीबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

त्यस्तै एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री र शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *