सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

  • Home
  • -
  • समाचार
  • -
  • सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना
सिट बेल्ट नलगाएकामा बेलाइती प्रधानमन्त्री सुनकलाई जरिवाना

काठमाडौं, माघ ७-
बेलाइती प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ।

ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।
ूलङ्कशायरमा गुडिरहेको कारमा यात्रुले सिट बेल्ट नलगाएका लन्डनका ४२ वर्षीय व्यक्तिलाई जरिवाना गरेका छौूँ लेन्काशायर प्रहरीले ट्वीट गरेको छ ।

उक्त जरिवाना सूचना अनुसार कारबाहीमा परेका व्यक्तिले २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्नेछ । प्रधामन्त्री सुनकलाई ५० पाउण्ड ९६२ अमेरिकी डलर० जरिवाना गरिएको बताइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने कानून छ। यदि सो सम्बन्धित मुद्दा अदालतसम्म पुगेमा त्यो जरिबाना बढेर बढेर ५०० पाउन्ड सम्म पुग्न सक्छ।

जरिवानाको घोषणा लगत्तै प्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ- ूप्रधानमन्त्रीले यो गल्तीलाई पूर्ण रूपमा स्वीकार गरेको र माफी समेत माग्नु भएको छ र आगामी दिनमा नियम पूर्णरूपमा पालना गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *