राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच भलाकुसारी

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच भलाकुसारी
राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच भलाकुसारी

काठमाडौ, पुस ११ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ।

पार्टी विभाजनपछि दुई नेताबीच पहिलोपटक दोहोरो संवाद भएको हो।

एमाले अध्यक्ष ओली र आफूबीच सामान्य हालखबर सोधपुछ भएको अध्यक्ष नेपालले  बताए।

‘राष्ट्रपति कार्यालयमा हामीबीच विशेष संवाद केही भएन, सामान्य हालखबर सोधपुछ भयो। एक अर्काको हालचाल सोध्यौं’, नेपालले भने।

संवादमा सरकारबारे कुनै कुराकानी नभएको नेपालले बताए।

वर्तमान गठबन्धनमा सहभागितामा कुनै हतारो नरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *