सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए
सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

एजेन्सी, पुष १०-
उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजुदर फसेका छन् । फसेका मजुदरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।

शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए ।

२२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *