शेखर र गगन प्रकाशमान सिंहको घरमा

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • शेखर र गगन प्रकाशमान सिंहको घरमा
शेखर र गगन प्रकाशमान सिंहको घरमा

काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक शेखर कोइराला प्रकाशमान सिंहको निवासमा पुगेका छन् ।

मंगलबार साँझ भोलि हुने दलको निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै उनीहरु सिंह निवास पुगेका हुन् ।

संसदीय दलको निर्वाचनका लागि थापासँगै पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । सिंह भने हालसम्म कुनै पक्षमा खुलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *