दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित
दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित

दोलखा, मंसिर १९-
दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा ९एमाले०का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका बीचमा तीन सय १७ मतान्तर रहेको छ ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *