बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित
बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित

बाँके, मंसिर ९-
बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी निर्वाचित भएका छन् ।

उनले ११ हजार तीन सय ७५ मत पाएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार दुई सय ७५ मत पाएका थिए । नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले सात हजार नौ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले तीन सय ६५ मत पाएका छन् ।

कूल खसेको २७ हजार नौ सय ७० मतमध्ये एक हजार तीन सय ११ मत बदर भएको थियो भने २६ हजार पाँच सय ५९ मत सदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *