दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको जित

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको जित
दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको जित

काठमाडौं, कात्तिक ३०-
पाहुना टोली युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

जितसँगै तीन खेलको सिरिजमा नेपालले १-१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ । युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रनको योगदान दिदा सोमपाल कामी १६ रनमा अविजित रहे ।

कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १३ रन जोड्दा कप्तान रोहित पौडेलले ८ रन जोडे ।

आशिफ शेखले ६ रन जोडे भने अर्जुन साउदले सुन्य रन बनाए ।

युएईका रोहन मुस्तफाले ३ तथा हजरत बिलालले २ विकेट लिए । बसिल हामिदले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो ।

युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे ।

बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३र३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १र१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *