यसवर्ष लक्ष्मीपूजामा सबैभन्दा उच्च १३०५ मेगावाट बिजुली खपत

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • यसवर्ष लक्ष्मीपूजामा सबैभन्दा उच्च १३०५ मेगावाट बिजुली खपत
यसवर्ष लक्ष्मीपूजामा सबैभन्दा उच्च १३०५ मेगावाट बिजुली खपत

काठमाडौं, कात्तिक ८-
लक्ष्मीपूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत छ, जुन अन्य दिनको तुलनामा उच्च हो ।

साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड ९उच्चतम खपत० १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए ।

त्यसअघिल्ला वर्षमा प्राधिकरणले झिलीमिली बत्ती नबाल्न आग्रह गर्दथ्यो भने लक्ष्मीपूजामा पनि लोडसेडिङ हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *