कञ्चनपुका किसानलाई धान काट्न चटारो

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कञ्चनपुका किसानलाई धान काट्न चटारो
कञ्चनपुका किसानलाई धान काट्न चटारो

कञ्चनपुर, असोज २८-
शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन् ।

“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उनले भने, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।”

वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उनले बताए । उनले भने, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”

धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उनले बताए । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताए ।

“धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उनले भने

“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भने, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।”

प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उनको भनाइ छ । “विगतका चुनावमा किसानका मुद्दालाई निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिबद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्”, करन धामीले भन्नुभयो, “यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेछौं ।”

“कृषिउपज बजारसम्म पु¥याउनका लागि गतिलो सडक नै छैन, विगतका चुनावमा मत माग्न आउने उम्मेदवारलाई समक्ष यस कुरालाई निकै जोडतोडका साथ उठाएका हौँ”, बेलौरीका किसान अशोक चौधरीले भने, “स्तरोन्नतिसमेत हुन सकेको छैन, सडक कालोपत्र गर्ने, उत्पादित कृषिजन्य वस्तुको बजार प्रवद्र्धनका लागि व्यवस्था गर्ने, कोल्डस्टोर स्थापना गर्नेलाई मत हाल्छौँ ।”

उत्पादित कृषिजन्य वस्तुको बजार नपाउँदा निकै सस्तोमा बेच्नुपर्ने भएकाले सहजरुपमा किसानले मूल्य पाउनेगरी बजारको व्यवस्थाको माग गरिएको उनले बताए ।

निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकासनसँगै चुनाव चिन्ह पाएपछि उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि रणनीति तयार गर्ने, पार्टी कार्यकर्तासँग छलफल गर्ने कार्य पूरा गरेका छन् ।

प्रचारप्रसारका लागि मतदाताको घरदैलोमा पुग्नेक्रम सुरु भएको छ । जिल्लाका किसानले उम्मेदवारको प्रतिबद्धतापत्र मात्रै नहेरेर कार्य गर्ने हैशियत राख्ने उम्मेदवारलाई मत हाल्ने मनसाय जाहेर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *