चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु
चितवनमा मोटरसाइकल र कार ठोक्किँदा एक जनाको मृत्यु

चितवन, असोज १४-
चितवनको रत्ननगर नगरपालिका २ मा आज मोटरसाइकल र कार ठोक्किँदा मोटरसाइकलमा पछाडी सवार १ जनाको मृत्यु भएको छ ।

टाँडीबाट सुब्बाचोक तर्फ जादै गरेको ना ४८ प ४५८४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १७ च ७७७७ नम्बरको कार आज बिहान १० बजे आपसमा ठोक्किएका थिए

दुर्घटनामा मोटरसाइकमा पछाडी सवार सोही नगरपालिका–१४ की ४० वर्षीया सुमित्रा गुरुङ गम्भीर घाइते भएकी थिईन ।

घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार सहित चालकलाई इलाका प्रहरी कार्यालय रत्ननगरले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *