कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह
कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

जनकपुरधाम, २७ भदौ –

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।

तर, ओलीले उनीहरुलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरु कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरुलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *