इथियोपियामा पुन : हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • इथियोपियामा पुन : हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध
इथियोपियामा पुन : हिंसा बढेकामा संयुक्त राष्ट्रसङ्घीय महासचिव स्तब्ध

एजेन्सी, भदौ ९-
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनः हिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताए ।

ृउनले भने– इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । उहाँका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।

उनले यहाँका विद्रोहीहरु र सरकारका बीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन् ।

तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोहीहरु नरहेका अधिकारीहरुले जनाएका छन् ।

इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ ।उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ ।

संयुक्त राष्ट्रसङ्घले पटक पटक त्यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।

केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ ।

उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ । किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।

संयुक्त राष्टसंघका कैयौँ कर्मचारी यहाँका विद्रोहीहरुले नियन्त्रणमा लिने र खाद्यान्नलगायतको सहायता सामग्री पनि लुट्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *