सिराहामा ६७ थान खयरको काठ बरामद

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • सिराहामा ६७ थान खयरको काठ बरामद
सिराहामा ६७ थान खयरको काठ बरामद

सिराहा, भदौ ४-
सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करको मिलेमतोमा स(मिलमा ल्याइएको ६८ थान काठ बरामद गरिएको छ ।

काठ तस्करहरूले अवैध रुपमा कटान गरी स(मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो ।

मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसौ जातका रूख कटानपछि चोरी निकासी गरी स( मिलसम्म ल्याए फेला परेको छ ।

सव(डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स–मिलबाट गत बिहीबार राति खयरको काठ ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएको थियो ।

तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स(मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको छ ।

अवैध रुपमा कटान गरी स–मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिनन् ।

सब–डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारीको र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *