मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार
मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक जना महिलाको मृत्यु, एम्बुलेन्स चालक फरार

काठमाडौं, २६ साउन –
मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी उनलाई ठक्कर दिएको थियो ।

एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ । – न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *