रियल मड्रिडलाई सुपर कप उपाधि

  • Home
  • -
  • खेलकुद
  • -
  • रियल मड्रिडलाई सुपर कप उपाधि
रियल मड्रिडलाई सुपर कप उपाधि

काठमाडौं, २६ साउन

आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् ।

बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे  ।

बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो ।

बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।  ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *