जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता

  • Home
  • -
  • Banner तल ताजा समाचार
  • -
  • जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता
जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै बलात्कार प्रयास गरेको आरोपमा उपमेयरविरुद्ध जाहेरी दर्ता

सिरहा ६ साउन-
सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ ।

एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो ।

पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् ।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् ।

जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि उपमेयर महतो सम्पर्कविहीन छन् । -न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *